विदेशमन्त्री विमानस्थल पुगेलगत्तै चिनियाँ दूतावासको ढोका बन्द
नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यी स्वदेश फर्कन विमानस्थल पुगेलगत्तै बालुवाटारस्थित चिनियाँ दूतावासको ढोका बन्द भएको छ ।
दूतावासको मूल गेट बाहिरको रुखको ठूलो हाँगा भाँचिएर खस्दा दूतावासबाट भित्र बाहिर गर्ने मूल गेट अवरुद्ध भएको हो ।
चिनियाँ राजदूत हौ यान्छीलगायत दूतावासका धेरै जना कर्मचारी विदेशमन्त्रीको बिदाईको निम्ति उक्त समयमा विमानस्थल पुगेको स्रोतले बताएको छ । साढे २ बजे विदेशमन्त्री वाङ यी चढेको विमान उड्ने तरखर गरिरहँदा यता दूतावास बाहिरको रुख भाँचिएको हो ।
टिप्पणीहरू