एमाले नेताहरु रोयल दरबार छिरे

एमाले नेताहरु रोयल दरबार छिरे

प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गत हप्ता पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन् ।

टिप्पणीहरू