झण्डै २ दर्जन संक्रमित, मृत्युदर शुन्य

झण्डै २ दर्जन संक्रमित, मृत्युदर शुन्य

पछिल्लो २४ घण्टामा मुलुकभर २३ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार दुई सय २२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा दुई सय १५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ । अझै एक हजार पाँच सय ५८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा छ जना संक्रमित थपिएका छन् । भक्तपुरमा र ललितपुरमा संक्रमित भेटिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय ७९ रहेको छ । भक्तपुरमा १० र ललितपुरमा एक सय ७३ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा थपिएका संक्रमितमध्ये चार जना युवायुवती छन् भने दुई जना किशोरकिशोरी हुन् ।

टिप्पणीहरू