विमान दुर्घटनामा मारिएकामध्ये १ सय २० जनाको पहिचान

विमान दुर्घटनामा मारिएकामध्ये १ सय २० जनाको पहिचान

चिनियाँ अधिकारीहरूले गत सोमबार भएको विमान दुर्घटनामा मारिएकामध्ये एक सय २० जनाको डिएनए परीक्षणबाट पहिचान गरेका छन् । विमानमा एक सय ३२ जना सवार थिए ।

चाइना इस्टर्न एअरलाइन्सको खुनमिङबाट ग्वाङ्चौतर्फ गएको एमयू ५७३५ विमान क्वाङ्सी चुआङ स्वायत्त प्रदेशको अनकण्टार जंगलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमानको दुवै ब्ल्याक बक्स फेला परेको छ । गत साताको विमान दुर्घटनालाई झण्डै तीन दशकमा चीनमा भएको सबैभन्दा नराम्रो सवारी दुर्घटनाको रुपमा लिइएको छ ।

टिप्पणीहरू