एमाले अध्यक्ष ओली पार्टी प्यालेसबाट सोझै शीतल निवासतिर
एमाले अध्यक्ष केपी शर्मा ओली आज अपरान्हबाट शुरु पार्टी स्थायी समितिको बैठकस्थलबाट सोझै राष्ट्रपति भवन शीतल निवास छिर्नु भएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्न पौने छ बजे शीतल निवास पस्नुभएको हो ।
आजै दिउँसोदेखि एमाले स्थायी समितिको बैठक पनि महाराजगञ्जको एउटा पार्टी प्यालेसमा बसेको थियो । बैठक महाराजगञ्जको रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा बसेको हो ।
टिप्पणीहरू