भारतीय वाणिज्यदूतले जनकपुर पुगेर भने,‘पहिलेको १ अर्ब आउँछ’
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूत नितेशकुमारले मधेश प्रदेशको राजधानी जनकपुरधामको विकासका लागि यसअघि घोषणा गरिएको ठूलो रकम उपलब्ध गराउने प्रक्रियामा रहेको बताएका छन् । उनले भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि जनकपुर भ्रमणमा गरिएको एक अर्ब रुपैयाँ सहयोग घोषणा अब कार्यान्वयन गरिने जानकारी दिएका हुन् ।
हिजो जनकपुर पुगेर नितेश कुमारले जनकपुरधामको समग्र विकासका लागि आर्थिक सहयोगको प्याकेजबारे सरोकारवाला निकायसँग छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘उक्त रकम कुन योजनामा कसरी खर्च गर्ने भन्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री,जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, प्रदेश नीति योजना आयोगका पदाधिकारीलगायतसँग छलफल भइरहेको छ । सुझाव,सल्लाह र योजनाअनुसार त्यो रकम आउँछ, ढुक्क हुनुहोस् ।’
टिप्पणीहरू