प्रचण्डले आज दिउँसोको खाना रोल्पा पुगेर महराको घरमा खाने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन अहिले केहीबेरमा हेलिकप्टरबाट त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ सबैभन्दा पहिले सदरमुकाम लिवाङ ओर्लने कार्यक्रम छ ।
हेलिकप्टरबाट ओर्लेपछि माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको मेकाङस्थित घरमा पुगेर दालभात खाने तयारी छ । उहाँले आज जनयुध्द स्मृति भ्युटावर उद्घाटन गर्ने र दिउँसो आमसभालाई सम्बोधन गर्ने तय भएको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।


टिप्पणीहरू