प्रधानमन्त्री पार्टी बैठकमा जान हत्तारिँदा
प्रधानमन्त्री निवास बालुवाटारमा अघि बसेको क्याबिनेट बैठक सकिएको छ । अपर्झट बोलाइएको बैठक बिना ठूला निर्णय टुंगिएको एक मन्त्रीले बताए ।
सामान्यतयाः अपरान्ह बस्ने गरेको क्याबिनेट बैठक आज बिहानलाई राखिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहानै क्याबिनेट बोलाएपछि केही महत्वपूर्ण निर्णय हुनसक्ने अनुमान धेरैको थियो । तर,दिउँसो कांग्रेस केन्द्रीय समिति बैठकमा जान प्रधानमन्त्रीले बिहानै क्याबिनेट बोलाउनुभएको हो ।
आजको क्याबिनेटले राजदूत नियुक्त गर्ने चर्चा पनि थियो । चुनावको आचारसंहिता लाग्नुअगावै डेढ दर्जन बढी मुलुक र नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने अवस्था रहेकाले आज त्यसैमा निर्णय गर्न बैठक क्याबिनेट बोलाइएको भनिएको थियो । तर, क्याबिनेटले त्यससम्बन्धमा कुनै निर्णय नगरेको अर्का मन्त्रीले बताए ।
उनका अनुसार पार्टीको बैठकमा जान हत्तारिनुभएका प्रधानमन्त्री देउवाले जसपाका तर्फबाट नाम प्राप्त नभएकाले राजदूत नियुक्तिमा बिलम्व भएको बताउनुभयो ।
टिप्पणीहरू