शिक्षकको परीक्षामा ५ दिन विद्यालय ठप्प
बैतडीको दागडाकेदार गाउँपालिकाका सबै सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालयमा उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएको हो ।
गाउँपालिकाकाले आजदेखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने भन्दै सूचना जारी गरेको छ । आयोगको खुला तथा समावेशी परीक्षामा सहभागी हुन अधिकांश शिक्षक परीक्षा केन्द्र भएको जिल्लातर्फ जाने भएकाले विद्यालय बन्द गर्नुपरेको गाउँपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
यसबाट विद्यालय पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने बताइएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने यथावत रहने शाखाको भनाइ छ ।
टिप्पणीहरू