बेलायतमा चप्पल अभाव, घरबाटै बोक्न थालियो

बेलायतमा चप्पल अभाव, घरबाटै बोक्न थालियो

बेलायतमा चप्पलको चरम अभाव देखिएको छ । युक्रेनमा भएको रुसी आक्रमणका कारण अरु मुलुकले महँगीको मार खेपिरहेका बेला बेलायतले भने चप्पलको अभा सामना गरिरहेको छ ।

चप्पल अभावका कारण बेलायतका होटल तथा स्पाहरुले आमनागरिकलाई आफ्नो घरबाट चप्पल बोकेर आउन आग्रह गर्न थालेको छ । अहिले होटल वा स्पामा जानेलाई निःशुल्क चप्पल दिन छाडिएको छ ।

चप्पलको चरम अभावका कारण होटल रेष्टुरेन्ट तथा स्पाहरूले मात्र होइन आमनागरिकले पनि बजारमा चप्पल पाउन छाडेका छन् ।

एक जना बेलायतीले होटल बुक गरेपछि जवाफमा उनलाई मेल आयो । मेलमा लेखिएको थियो, ‘चप्पलको राष्ट्रिय अभावका कारण आफ्नै घरबाट चप्पल ल्याउनुहोला । अहिले होटलमा चप्पल दिईंदैन ।’

टिप्पणीहरू