प्रधानमन्त्री देउवा दिल्लीबाट सोझै काशीतिर

प्रधानमन्त्री देउवा दिल्लीबाट सोझै काशीतिर

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको क्रममा हिन्दूहरुको धार्मिक स्थल बनारस, काशी पनि जाने कार्यक्रम तय भएको छ । उहाँले यहि चैत १८ गतेबाट गर्ने भारत भ्रमणमा भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुने छ ।

आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा,परराष्ट्रमन्त्री नारायण खड्कालगायत केही मन्त्री,सचिव तथा सरकारी अधिकारीहरु हुनेछन् ।

प्रधानमन्त्रीले चैत १९ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलसहित वार्ता गर्नुहुनेछ ।

नयाँ दिल्लीमा आयोजना गरिने विभिन्न कार्यक्रमलाई सम्बोधन र भारतीय सुरक्षा अधिकारीहरुसँगको भेटवार्तापछि उहाँ चैत २० गते काठमाडौं आउने क्रममा केहीबेर काशी जाने बताइएको छ ।

टिप्पणीहरू