‘चुनावी फण्डा’ भन्दै राष्ट्रपतिको कार्यक्रम बहिष्कार

‘चुनावी फण्डा’ भन्दै राष्ट्रपतिको कार्यक्रम बहिष्कार

पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखरा महानगरका काँग्रेसी जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

आफूहरुसँग समन्वय नगरिएको र चुनावको बेला ‘स्वार्थपूर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

पोखरा महानगर वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन यसअघि नै गर्नुपर्ने भए पनि अहिले आएर गर्नु निहीत स्वार्थपूर्तिका लागि मात्र भएको आरोप लगाएका छन् ।

काँग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत काँग्रेसलाई सहभागी गराइएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठित समितिमा पनि सामेल गराइएको छैन ।’

उनले न्यायिक सम्मेलन पहिल्यै हुनुपर्ने भए पनि अहिले आएर गरिनु एमालेको चुनावी फण्डामात्र रहेको आरोप लगाएका छन् ।

पोखरा महानगरमा काँग्रेसका ११ वडाध्यक्षसहित कूल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।

टिप्पणीहरू