गठबन्धनबारे कांग्रेस भोलि बोल्ने

गठबन्धनबारे कांग्रेस भोलि बोल्ने

नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भने ।

आजको बैठकमा ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् ।

टिप्पणीहरू