काँग्रेस जिताउन विश्वप्रकाशका दुई विकल्प : कि सबै एक्लाएक्लै कि गठबन्धन
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा काँग्रेसलाई बलियो बनाउन सबै दल एक्लाएक्लै लड्ने वातावरणको र्सिजना गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनमा आवश्यकताअनुसार अन्य पार्टीसँग तालमेल गर्नुपर्ने पक्षमा रहेका शर्माले आज ट्वीटमा यस्तो बताएका हुन् ।
वाम गठबन्धन बन्नबाट रोक्नुपर्नेमा जोड दिएका उनले यसका लागि गहिरो सुझबुझ जरुरी रहेकोमा जोड दिए । उनले भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक विषय भएको पनि बताएका छन् ।
पार्टीभित्रका गठबन्धनको विपक्षमा रहेका केही नेताहरुलाई संकेत गर्दै उनले परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुने बताए ।
‘काँग्रेसलाई पहिलो बनाउने उद्देश्य पूरा गर्न कि सबै दल एम्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ, कि २०७४ को झैं वाम गठबन्धन बन्नबाट रोक्नुपर्छ । यसका लागि सुझबुझ जरुरी छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ । परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ,’ उनले ट्वीटमा लेखेका छन् ।
टिप्पणीहरू