बलात्कार आरोपित पल शाहले उच्च अदालत गुहारे
उमेर नपुगेकी गायिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि हिरासतमा रहेका अभिनेता पल शाह उच्च अदालत पुगेका छन् । उनले जिल्ला अदालत तनहुँको फैसला बदर माग गर्दै उच्च अदालत पोखरामा रिट हालेका हुन् ।
जिल्ला अदालतको पुर्पक्षका लागि छ महिना जेल सजायको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालतमा आज केहीबेर अघि रिट दर्ता गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताएका छन् । जिल्ला अदालतको थुनछेक आदेश त्रुटीपूर्ण रहेको भन्दै शाहले असन्तुष्ट जनाएका छन् ।
यही गत बिहीबार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई छ महिना पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
टिप्पणीहरू