हिजो प्रचण्डले, आज केपी ‘बा’ ले

हिजो प्रचण्डले, आज केपी ‘बा’ ले

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको भ्युटावरको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । उहाँले उक्त व्यावसायिक वहुउद्देश्यीय भवनको उद्घाटनपछि भ्युटावरबाट अवलोकन गर्नुभएको थियो ।

भ्युटावरमा राखिएको दूरबीनबाट उहाँले टाढाको दृश्यावलोकन गर्नुभएको बताइएको छ । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा भ्युटावरको उद्घाटन गर्नुभएको थियो ।

भ्युटावरको उद्घाटनपछि सामाजिक सञ्जालमा त्यस्तो निर्माण कार्यको समर्थन गर्नेभन्दा विरोध गर्नेको संख्या धेरै देखिएको छ ।

टिप्पणीहरू