जनप्रतिनिधिलाई ‘हिरो अफ द मधेश’ को उपाधी
कार्यकाल अन्त्यतिर आइपुग्दा महोत्तरीका तीन स्थानीय तहका जनप्रतिनिधिले उत्कृष्ट कार्य गरेवापत ‘हिरो अफ द मधेश’ को उपाधी पाएका छन् । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालको लेखाजोखा भइरहेका बेला हिरो अफ दि मधेश प्रतिष्ठानले यस्तो उपाधी दिएको हो ।
उपाधी हात पार्नेमा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की, मटीहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सीतादेवी साह छन् । कार्की र साह गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने मण्डलले तत्कालीन राजपाबाट चुनाव जितेका थिए ।
प्रतिष्ठानले गरेको एक सर्वेक्षणले आफ्ना स्थानीय तहमा भएका विकास निर्माणका कामहरुमा उनीहरुको अग्रणी भूमिका पाइएकाले उक्त उपाधि दिइएको हो । प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाई समेत आधार मानेर जिल्लामा तीन जना जनप्रतिनिधि छानिएको संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।
टिप्पणीहरू