पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले भन्यो : छोटोदूरीमा पैदलयात्रा गरौं

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले भन्यो : छोटोदूरीमा पैदलयात्रा गरौं

नेपाल आयल निगमले इन्धनबाट हुने घाटा खेप्न नसकेपछि पट्रोलियम पदार्थको कर घटाउनेदेखि सवारीसाधनमा जोर/बिजोर कार्यान्वयन गर्न सरकारालाई सुझाव दिएको छ । निगमले सरकारलाई बुझाएको १० बुँदे सुझावमा उक्त प्रस्ताव गरिएको हो ।

उसले शनिबार र आइतबार दुईदिन सार्वजनिक बिदा दिन, पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको हो ।

खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आह्वान गर्न उसले सुझाव दिएको छ । त्यसैगरी, छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्न र जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रुहरु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।अब उप्रान्त पेट्रोल, डिजल, मट्टीतेल तथा एलपी ग्यासमा प्रतियुनिट जति घाटा हुन्छ उक्त रकमलाई एकैपटक समायोजन गरी निगमलाई नाफा/घाटा नहुने गरी सञ्चालन गर्ने व्यवस्था कार्यान्वयन गर्न पनि उसले सुझाएको छ ।

टिप्पणीहरू