श्रीलंकाको अवस्था भयावह, औषधिको अभावमा अपरेशन रोकियो

श्रीलंकाको अवस्था भयावह, औषधिको अभावमा अपरेशन रोकियो

चरम आर्थिक र वित्तीय अभावका कारण श्रीलंकाको सामाजिक अवस्थामा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । आर्थिक संकटले मुलुकलाई स्वास्थ्य सेवालगायतका प्राथमिक आवश्यकताहरू त्याग्न समेत बाध्य बनाएको छ । स्थानीय पेरादेनिया शिक्षण अस्पतालमा औषधि अभावका कारण पूर्वनिर्धारित शल्यक्रियाहरु रद्द भएका छन् ।

अस्पतालले आकस्मिक शल्यक्रियाहरू मात्रै गर्ने निर्णय गरेको छ । पेरादेनिया विश्वविद्यालयअन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकाका ठूला सामुदायिक अस्पतालमध्येको एक हो । श्रीलंकाको डरलाग्दो आर्थिक संकट, ऊर्जा र विदेशी मुद्रा सञ्चितिको अभावबाट उत्पन्न भएको हो ।

कागज र मसी खरिद गर्ने पैसा नभएपछि श्रीलंकाले यसअघि नै विश्वविद्यालयका सबै परीक्षाहरु केही समयको लागि रोकेको छ । विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयातलाई निकै घटाइएको छ ।

हाल श्रीलंकामा हरेक सामानको मूल्य चुलिएको छ । पछिल्लो समय औषधि र उपचारसँग सम्बन्धित उपकरणको चरम अभाव देखिएपछि उपचारसमेत प्रभावित भएको हो ।

टिप्पणीहरू