वीर अस्पतालमा आनुवांशिक रोगको निःशुल्क उपचार हुने
वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवाको सुरुवात गरेको छ । अबदेखि उक्त अस्पतालमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको हो ।
अस्पतालका निर्देशक डा भुपेन्द्रबहादुर बस्नेतका अनुसार आगामी दिनमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ अस्पताल लागिपरेको छ । त्यस्तै, रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताएका छन् ।
अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र सो रोग सम्बन्धी बेसिक जाँचको परीक्षण पनि निःशुल्क हुने डा. श्रेष्ठको भनाइ छ ।
मेडिकल अंकोलोजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट भएकाले त्यसलाई कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरुको उपचार गर्ने र बोनम्यारो ट्रान्सप्लान्टसँगै अघि बढ्ने तयारी अस्पतालले थालेको छ ।
टिप्पणीहरू