पश्चिम नवलपरासीका सिडिओ र एसपी दुबै तानिए
नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी उपरीक्षक (एसपी) मनोज यादवको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी मिश्रको केही दिन पहिले गृह मन्त्रालय र एसपी यादवको हिजो मात्र सरुवा भएको हो । कपिलवस्तुबाट ४ महिनामै लखेटिएका यादवको नौ महिना पुग्दा नपुग्दै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण,पोखरामा काज सरुवा भएको हो ।
दुवै जना नवलपरासीमा रहँदा उनीहरुको आदेश र सेटिङ्गमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट भारत र नेपाल दुवैतर्फ अवैध ओसारपसार तीव्र भएपछि यसबारे जनआस्था साप्ताहिक र जनआस्था डट कमले लगातार फलोअप गरेको थियो ।
अहिले प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल आएका छन् भने एसपीमा ऋषिराम कँडेल आउने भएका छन् । गृह प्रशासनले दुवै सरुवालाई नियमित भने पनि एसपी यादवको नौ महिनामै भएको सरुवालाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू