नेपालमाथि युक्रेनको अर्को दबाब
रुसले पाँच सातादेखि प्रहार गर्दै आएको युक्रेनले नेपालमाथि अर्को दबाब दिएको छ । यसअघि नेपाल सरकारले रुसको विरोध गर्दै युक्रेनको समर्थनमा हतारमा विज्ञप्ति जारी गरेपछि सर्वत्र आलोचना भएको थियो ।
अहिले भारतको राजधानी नयाँ दिल्लीस्थित युक्रेनी दूतावासले नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमार्फत् पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड,नेपाल पर्वतारोहण संघ,ट्रेकिङ एजेन्सी एसोसिएसन र नेपाल टुर एण्ड ट्राभल एजेण्टस् एसोसिएसनलाई जानकारी गराएको पत्रमा रुसी पर्वतारोहीहरुलाई नेपालका हिमाल चढ्नमा रोक लगाउन आग्रह गरिएको छ ।
विश्वका अधिकांश अन्तर्राष्ट्रिय खेलकुद संघहरुले रुस र रुसी खेलाडीहरुमाथि प्रतिबन्ध लगाएको सन्दर्भ जोड्दै युक्रेनले आक्रमण नरोकेसम्म रुसलाई नेपालका हिमचुचुरामा जानबाट प्रतिबन्ध लगाउन आग्रह गरेको हो ।
उसले पत्रमा ‘युक्रेनमा भएको धेरै जनाको हताहतीको जिम्मेवारी लिएको रुसी झण्डालाई नेपालका पवित्र हिमश्रृंखलामा फहराउन नदिने,’ विश्वाससमेत लिएको छ ।
टिप्पणीहरू