तेजाब पीडितले न्याय पाउने बाटो खुल्यो
सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको हो ।
उक्त अध्यादेश सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेमा जारी हुनेछन् । यी अध्यादेश जारी भएमा यौन हिंसा र तेजाब आक्रमणमा परेका पीडितहरुले न्याय पाउन बाटो खुल्ने छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले जारी गरेको यी दुवै अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाब आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् । त्यो सँगै तेजाब आक्रमणमा परेका केही पीडितले सरकारको विरोध पनि गरिरहेका छन् ।
तेजाब आक्रमणसम्बन्धी अध्यादेश संसदबाट अनुमोदन हुन नसक्दा यसअघि तीन पटकसम्म निष्क्रिय बनेको थियो ।
टिप्पणीहरू