सत्ता गठबन्धनको बैठक जम्मा ४५ मीनेट

सत्ता गठबन्धनको बैठक जम्मा ४५ मीनेट

सत्तारुढ गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बिहान साढे ११ बजे बसेको बैठकमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,जसपाका संघीय समिति अध्यक्ष डा. बाबुराम भट्टराईको उपस्थिति थियो ।

त्यसैगरी बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ,सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको पनि उपस्थिति रहेको बताइन्छ ।

मध्यान्ह सवा १२ बजेसम्म बसेको बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच स्थानीय तालमेल गर्ने विषयमा सहमति भएको छ ।

टिप्पणीहरू