टेलिकमको हाकिम छान्ने बाटो खुल्यो

टेलिकमको हाकिम छान्ने बाटो खुल्यो

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि नियुक्ति प्रक्रिया अघि बढेको छ । अदालतले नियुक्ति प्रक्रियाको विरुद्धमा परेको मुद्दामा फैसला सुनाएपछि सञ्चार मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले प्रबन्ध निर्देशकका लागि दरखास्त दिएका स्वीकृत नौजना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । छनोट भएकामध्ये बुद्धिप्रसाद आचार्य, अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय हुन् ।त्यसैगरी, दीपकबहादुर शाही, सुनिल पौडेल, सुरजसिंह थापा, संगीता पहाडी अर्याल पनि सूचीमा परेका छन् । टेलिकमका पूर्व कर्मचारीहरु सुरेन्द्रमान सिंह गत पुस २ गते र डा. राजेन्द्रकुमार पोखरेलले गत पुस ८ गते प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा आफूहरुलाई बाहिर पार्ने गरी कार्यबिधि बनाइएको भन्दै मुद्दा दर्ता गरेका थिए ।

हिजो सर्वोच्चले उक्त रिट खारेज गरेपछि नियुक्ति प्रक्रिया अघि बढेको हो । त्यस्तै, मन्त्रालयले छनौट भएका उम्मेदवारहरुको अब व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तवार्ता मिति र समय पछि तोक्ने भएको छ ।

टिप्पणीहरू