आज २५ जना संक्रमित, मृत्युदर शुन्य
पछिल्लो २४ घण्टामा मुलुकभर २५ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार नौ सय ५१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । अझै एक हजार ८१ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौंमा पाँच जना संक्रमित थपिएका छन् । भक्तपुरमा एक जना संक्रमित थपिएका छन् भने ललितपुरमा संक्रमित भेटिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय ४६ रहेको छ । भक्तपुरमा चार र ललितपुरमा एक सय ३० जना छन् ।
आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
टिप्पणीहरू