दरबारमार्गको सडकमा नेपाली नयाँ वर्ष

दरबारमार्गको सडकमा नेपाली नयाँ वर्ष

नेपाली नयाँ वर्षको अवसरमा काठमाडौंको सडकमै महोत्सव हुने भएको छ । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नाराका साथ दरबारमार्गमा महोत्सव गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा बैशाख ३ गते शनिवार महोत्सव आयोजना गर्न लागेको हो । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुति गरिनेछ । महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा वालवालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको छ । नेपाली नयाँ वर्षको अवसरमा हरेक बर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गर्दै आइएको छ ।

टिप्पणीहरू