निर्वाचन आयोगले भने झैँ गर्लान् त दलहरुले ?

निर्वाचन आयोगले भने झैँ गर्लान् त दलहरुले ?

निर्वाचन आयोगले राजनीतिक दलहरुले जुलुस,आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह,झण्डा अंकित लोगो, स्टिकर वा कपडा,टोपी वा क्याप, भेष्ट,टिसर्ट,ज्याकेट,कमिज,गम्छा, व्याच,मास्क वा लकेट लगाउन वा बोक्न नहुने भनेको छ ।

आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आज जारी गरेको निर्देशनमा राजनीतिक दलहरुले चुनावी कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई अनिवार्य जानकारी गराउनुपर्ने उल्लेख छ । उसले प्रशासनको अनुमति बिना चुनावी कार्यक्रम गर्नसमेत रोक लगाएको छ ।

दलहरुले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा ७२ घण्टाअगावै जानकारी गराउनुपर्ने भनिएको छ ।

निर्देशनमा भनिएको छ, ’स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने । जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’

टिप्पणीहरू