चिकित्सक अनुमतिपत्र परीक्षाका लागि आवेदन माग

चिकित्सक अनुमतिपत्र परीक्षाका लागि आवेदन माग

नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र परीक्षाका निम्ति आवेदन माग गरेको छ । आगामी जेठ १२ देखि १४ गतेसम्म हुन लागेको ६२ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन मागिएको हो ।

काउन्सिलले चैत २९ गतेदेखि अनलाइन आवेदन खोल्ने जानकारी दिएको छ । वैशाख २८ गतेसम्म नियमित शुल्क तिरेर फाराम भर्न सकिने काउन्सिलको भनाइ छ । वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित फाराम भर्नुपर्नेछ ।

अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला हुने बताइएको छ । लाइसेन्स परीक्षा भने पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

टिप्पणीहरू