अध्यक्ष प्रचण्डका भाइको शपथ ग्रहण आजै

अध्यक्ष प्रचण्डका भाइको शपथ ग्रहण आजै

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिद्वारा मनोनीत नारायणप्रसाद दाहालले आज पदको शपथग्रहण गर्दैछन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित सांसद दाहालको आज बिहान शपथ ग्रहण गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

दाहालको शपथ ग्रहण बिहान साढे ११ बजेलाई तय गरिएको छ । कार्यक्रम संसदको दिगो विकास तथा सुशासन समितिको कार्यकक्ष, सिंहदरबारमा हुन लागेको हो ।

चितवनका दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाताले भाइ हुन् ।

टिप्पणीहरू