प्यूठानमा पनि गठबन्धन गर्न पाँच दल सहमत
कम्युनिष्टहरुको गढ मानिने प्युठानमा पनि पाँच दलीय गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने निर्णयमा पुगेका छन् । चुनावी तालमेल गर्ने केन्द्रको निर्णयप्रति प्रतिवद्धता जनाउँदै जिल्लामा क्रियाशिल गठबन्धन सम्वद्ध राजनीतिक दलहरुले मिलेर जाने निर्णय गरेका छन् ।
उनीहरुले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिलसमेत गरेका छन् । गठबन्धन दलहरुबीच आपसी एकता, सहमति र सहकार्यका साथ अघि बढ्न प्रतिवद्ध रहेको उनीहरुको घोषणा छ ।
आपसी मतमतान्तर र सानातिना तिक्ततालाई थाति राख्दै स्थानीय स्तरसम्म गठबन्धन दलहरुबीच आपसी सम्बन्ध बढाउन, एक आपसमा तिक्ततापूर्ण व्यवहार नगर्न र प्रतिगमनविरुद्ध साझा सहमितका साथ अघि बढ्न जिल्लास्थित संयन्त्रले कार्यकर्तालाई अपिल पनि गरेको छ ।
प्यूठानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनमा आवद्ध छन् ।
टिप्पणीहरू