अर्थमन्त्रीको हिजोको दाबी राष्ट्र बैंकद्वारा झुठो साबित

अर्थमन्त्रीको हिजोको दाबी राष्ट्र बैंकद्वारा झुठो साबित

मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको अर्थमन्त्री जनार्दन शर्माको दाबीविपरित नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक रहेको विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्रीले बाहिर चर्चा गरेजस्तो अर्थतन्त्र अप्ठेरोमा नपरेको दाबी गरेको २४ घण्टा नबित्दै केन्द्रीय बैंकले त्यसविपरितको विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा थियो ।

“अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यो वर्षको फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।”

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटा रहेको चालु खाता यो वर्ष फागुनसम्म ३ अर्ब ८८ करोडले घाटामा छ ।

फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१ दशमलव २ प्रतिशतले कम भएर ७ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बृध्दि भई १६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ र्ख ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको उक्त अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यो वर्षको फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

टिप्पणीहरू