शीतल निवासद्वारा आवश्यक शान्ति सुरक्षा माग

शीतल निवासद्वारा आवश्यक शान्ति सुरक्षा माग

राष्ट्रपतिको कार्यालय, शीतल निवासले आवश्यक शान्ति सुरक्षाको माग गरेको छ । हिजोको मितिमा राष्ट्रपति कार्यालयले गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखालाई लेखेको चलानी नम्बर ९१ को पत्रमा उक्त माग गरिएको हो ।

कार्यालयले भोलि नयाँ वर्ष वैशाख १ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजना हुन लागेको नेपाल स्काउटको कार्यक्रममा आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्न मन्त्रालयलाई पत्र लेखेको हो ।

पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाल स्काउटबाट आयोजित विशेष सम्मान कार्यक्रममा सरिक हुनुहुने भएकाले दिउँसो ४ बजेको उक्त कार्यक्रममा आवश्यक शान्ति सुरक्षा व्यवस्थाको लागि निर्देशानुसार अनुरोध छ ।’

टिप्पणीहरू