एमालेको वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित
डडेल्धुराकाे अमरगढी नगरपालिका-२ को एमाले वडा कमिटीका पदाधिकारीसहित बहुमत सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहित कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्।
एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्तसमेत समाजवादीमा प्रवेश गरेको उनले बताइन् ।
टिप्पणीहरू