नयाँ वर्ष २०७९ प्रारम्भ
भर्खरै नयाँ वर्ष २०७९ प्रारम्भ भएको छ । नेपाललगायत विश्वभर रहेका नेपालीले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउन शुरु गरेका छन् ।
नेपालभन्दा पूर्वमा रहेका मुलुक र क्षेत्रमा बसोबास गर्ने नेपालीले केही घण्टा अघिदेखि नयाँ वर्ष मनाउन थालिसकेका छन् । अमेरिका, क्यानाडालगायत पृथ्वीको पश्चिम भागका मुलुकमा रहेका नेपालीले नेपालको समयानुसार भोलि मात्रै नयाँ वर्ष मनाउँदै छन् ।
नेपालमा विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरेर नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्ष मनाउन काठमाडौं, धुलिखेल, नगरकोट, पोखरा, चितवनलगायतका पर्यटकीय स्थलका होटल तथा रेष्टुरेण्टहरु आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।
विगत केही वर्षदेखि सामाजिक सञ्जालबाट समेत नेपालीहरुे नयाँ वर्षको शुभकामना साटासाट गर्न थालेका छन् । यो उपलक्ष्यमा जनआस्था प्रकाशन हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा आमसर्वसाधारणमा नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
टिप्पणीहरू