एमालेको निम्तोमा खानाको कुरो

एमालेको निम्तोमा खानाको कुरो

एमाले नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले भोलि जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा विदुर नजिकैको बट्टारमा मोटरसाइकल र्याली गर्न लागिएको हो ।

र्यालीमा सहभागी हुन बिहान साढे ९ बजे पार्टी नेता तथा कार्यकर्तालाई आमन्त्रण गरिएको छ । भेला हुने स्थान सम्पर्क मञ्चको कार्यालय भनिएको छ ।

कार्यक्रमका सहभागीलाई खाना खाएर आउन निम्तो दिइएको छ । तोकिएको समयसँगै कोष्ठभित्र खाना खाएर आउन भनिएको हो । यस पटकको निम्तोबाट मोटरसाइकल र्याली गरिँदा यसभन्दा अघि खाना खुवाउने प्रचलन रहेको बुझ्न सकिने स्थानीयले अर्थ लगाएका हुन् ।

टिप्पणीहरू