गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान रोकियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान रोकियो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज हुने भनिएको परीक्षण उडान रोकिएको छ । यसअघि उक्त विमानस्थलको परीक्षण उडान नयाँ वर्ष २०७९ को पहिलो दिन बैशाख १ गते गर्ने भनिएको थियो ।

आजको उडान स्थगित गर्नुपर्नाको कारण सम्बन्धित निकायले बताएको छैन । यसअघि आजदेखि परीक्षण उडानको निम्ति दुई महिनाअघि थाइल्याण्डको एरोथाईले विमानस्थलमा क्यालिब्रेसन उडान गरेको थियो ।

आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि व्यावसायिक उडान गर्ने र बैशाख १ गते परीक्षण उडान गर्ने बताइएको थियो । आजको परीक्षण उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भने जानकारी दिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपाल वायुसेवा निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने आजको परीक्षण उडानबारे केही बताएको छैन । परीक्षण उडान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले गर्ने यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नै बताउनुभएको थियो ।

टिप्पणीहरू