कसैसँग पनि गठबन्धनको कुरो भएको छैन : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलत गर्ने विषयमा कसैसँग कुरो नभएको बताएका छन् ।
आज राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै गठबन्धनबारे कुनै पनि पार्टीसँग औपचारिक कुराकानी नगरिएको उनले जानकारी दिएका हुन् ।
लिङ्देनले भने, ‘अन्य कुनै पनि पार्टीसँग औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिएको छैन । राप्रपाले सबैतिर आफ्नै सामथ्र्य र बुताले प्रतिस्पर्धा गर्नेछ । केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने त्यो बेग्लै कुरा हो ।’
टिप्पणीहरू