फेरि चुनावमा उठ्न मेयरले सुविधा त्यागे

फेरि चुनावमा उठ्न मेयरले सुविधा त्यागे

काभ्रेको पनौती नगरपालिकाका जनप्रतिनिधिहरुले सवारी सुविधा फिर्ता गरेका छन् । मंगलवार मेयर, उपमेयरसहित वडाध्यक्षहरुले आफूले प्रयोग गर्दै आएको गाडी, मोटरसाइकल लगायतका सुविधा फिर्ता गरेका हुन् ।

मेयर भीम न्यौपाने र उपमेयर गीता बन्जाराले प्रयोग गरिरहेको सवारी साधनको साँचो प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई फिर्ता गरे । त्यस्तै,सबै वडाध्यक्षहरुले आफ्ना मोटरसाइकल पालिकाको जिन्सी शाखामा बुझाएका छन् ।

त्यसअघि मंगलबार नै बसेको नगर कार्यपालिकाको अन्तिम बैठकले सुविधा फिर्ता गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवार बन्न पाउने आचारसंहिता जारी गरेपछि दोहोरिन चाहेका जनप्रतिनिधिहरुले खाइपाइ आएको सुविधा फिर्ता गर्न थालेका हुन् । यसअघि तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरले प्रयोग गर्दै आइरहेको सवारी सुविधा फिर्ता गरेका थिए ।

टिप्पणीहरू