दुबोको माला लगाएर मनोनयन दर्ता

दुबोको माला लगाएर मनोनयन दर्ता

स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन मनोनयन दर्ताको निम्ति निर्वाचन अधिकृतको कार्यालयमा जाँदा हिजो मुख्य दलका नेता तथा उम्मेदवारहरुले बाजागाजा,जुलुस लिएर गए । कतिपयले निर्वाचन नै जितेझैँ पहिले नै गलाभरि माला लगाएको पनि देखियो ।

कसै कसैले दुबोको मालामाथि खादालाई सिलाएर लगाए । मुख्यगरी नेपाली काँग्रेस र एमालेका उम्मेदवारले धेरै ठाउँमा त्यस्ता कार्य गरेको देखिन आएको हो ।

एमालेका उम्मेदवार धादिङमा पञ्चेबाजासहित समर्थक लिएर निर्वाचन कार्यालय गएका थिए भने काठमाडौंमा ठूलै जुलुस निकालिएको थियो । नेपाली काँग्रेसले ललितपुरमा त्यस्तै गरेको थियो ।

उता काभ्रेपलाञ्चोकमा एमालेका उम्मेदवारहरु गलाभरि सयपत्रीको र दुबोको माला लगाएर निर्वाचन नै जितेझैँ निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।

काभ्रेको रोशी गाउँपालिका र पाँचखाल तथा नमोबुध्द नगरपालिकामा उम्मेदवारी दर्ता गर्न गएका अधिकांश एमाले उम्मेदवारले माला, खादा र दुबोको माला पहिरिएका थिए ।

टिप्पणीहरू