एमाले अध्यक्षको अभिव्यक्ति खेदपूर्ण : काँग्रेस प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो र आज बिहान दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन् ।
काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसको घोषणापत्रप्रति ओलीले व्यक्त गर्नुभएको विचार र शव्द चयन निकै तल्लोस्तरको भएकाले आपत्ति जनाएका हुन् ।
काँग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका महतले एमालेले आचारसंहिताको धज्जी उडाएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
ओलीले हिजो र आज बिहान राजधानीमा आयोजित कार्यक्रममा काँग्रेसको घोषणा पत्रलाई बकवास भनेर टिप्पणी गरेपछि महतको उक्त प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू