भैरहवामा वाइडबडी विमानको अवतरण र उडानको तयारी

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट भोलि दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायत दुई सय ६० जनाको टोली उड्नेछ । टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतकाबारे जानकारी लिनेछ ।

परीक्षण उडानपछि अब उक्त विमानस्थलमा अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ ।

विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दाबढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

टिप्पणीहरू