कम्प्युटरले नाम लिन नमानेपछि उम्मेदवारी रहेन

कम्प्युटरले नाम लिन नमानेपछि उम्मेदवारी रहेन

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा वडाध्यक्षका एक उम्मेदवारको मनोन,खारेज भएको छ । वडा नं. ९ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका भूदेव चौधरीको मनोनयन खारेज भएको हो ।

चौधरीको नाम प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा रहेको र दोहोरो उम्मेदवारी दिन नमिल्ने कानुनी व्यवस्थाका कारण मनोनयन खारेज भएको त्यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

“मुख्य निर्वाचन अधिकृत टीकामणि न्यौपानेका अनुसार चौधरीको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि उम्मेदवारी खारेज गर्नुपरेको हो ।”

जीतपुर सिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टीकामणि न्यौपानेका अनुसार चौधरीको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि उम्मेदवारी खारेज गर्नुपरेको हो । उनको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको छ ।

यता नेकपा एमालेका नगर अध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठीक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो हुन गएको बताए ।

टिप्पणीहरू