परीक्षा केन्द्रमा बाहिरी मान्छे छिर्न नदिनु : गृह मन्त्रालय

परीक्षा केन्द्रमा बाहिरी मान्छे छिर्न नदिनु : गृह मन्त्रालय

गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयहरुले लिने सबै खालका परीक्षामा अनावश्यक र अनधिकृत मानिसको भीडभाड नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तर पुस्तिका वितरण गर्नु पूर्व वा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन पनि आग्रह गरिएको छ ।मन्त्रालयका प्रवक्ता फणिन्द्र पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो संख्यामा वाह्य व्यक्ति एकै पटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

टिप्पणीहरू