अमेरिकी सेना काठमाडौंबाट हिँडे, सशस्त्र प्रहरी काठमाडौं छिरे

अमेरिकी सेना काठमाडौंबाट हिँडे, सशस्त्र प्रहरी काठमाडौं छिरे

नेपालमा भएको सैन्य अभ्यासमा सहभागी अमेरिकी सेनाको एउटा टोलीलाई लिएर अमेरिकी वायु सेनाको एउटा विमान हिजो बिहान उडेको छ । विगत केही समयदेखि विभिन्न टोली लिएर आउने र लिएर जाने क्रममा अमेरिकी वायु सेनाको विमान नियमितझैँ काठमाडौं आउन थालेको हो ।

हिजो पनि अमेरिकी वायु सेनाका ओडी ९१३२ उडान नम्बरको विमान बिहान साढे ८ बजे बैंककतर्फ उडेको हो । नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा सञ्चालित एक्स ब्यालेन्स नेल तालिममा सहभागी १४ जना अमेरिकी सैनिकलाई बोकेर उक्त विमान उडेको हो ।

विमानमा पाँच जना चालक दलका सदस्य रहेको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

हिजै बिहान ७ बजे इथियोपिएन एअरको चार्टर जहाज काठमाडौंमा अवतरण गरेको थियो । उक्त विमान दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका सशस्त्र प्रहरीको डफ्फालाई लिएर काठमाडौं आएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज ठगुन्नाको कमाण्डमा एक सय ६२ जना सशस्त्र प्रहरी कर्मचारी र नेपाली सेनाका बिदामा आएका १० जना गरि एक सय ७२ जना यात्रु बोकेर उक्त विमान आएको हो ।

सशस्त्र प्रहरी र नेपाली सेना ती सबैलाई छाडेर विमान पौने ९ बजे उतै फर्केको हो ।

यसैबीच हिजो बिहान नेपाली सेनाको स्काइ ट्रक एनए ०४१मा रहेका ११ जनालाई बोकेर बिहान सवा ८ बजे काठमाडौं आएको हो । उक्त ट्रकले माउण्टेन फ्लाइट गरेको हो ।

टिप्पणीहरू