श्रीलंकाली राष्ट्रपतिद्वारा सर्वदलीय सरकारको प्रस्ताव

श्रीलंकाली राष्ट्रपतिद्वारा सर्वदलीय सरकारको प्रस्ताव

श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका छन् । राष्ट्रपतिले आफू सरकार पुनर्गठनको तयारीमा रहेको बताउँदै संसदमा रहेका सबै दललाई समेटेर सर्वदलीय सरकार बनाउन चाहेको उल्लेख गरेका छन् ।

उनले सबै दलका नेतालाई सर्वदलीय सरकार निर्माणको निम्ति भोलि शुक्रबार आयोजना गर्न लागिएको छलफलमा भाग लिन आमन्त्रण गरेका हुन् । सरकारको संरचना, वरियता र भागबन्डाबारे खुलस्त कुरा गर्न आफू तयार रहेको राष्ट्रपतिले आह्वानमा बताएका छन् ।

आर्थिक संकट चुलिएपछि श्रीलंकाली जनता गत महिनादेखि हिंसात्मक आन्दोेलनमा उत्रिएका हुन् । त्यसपछि सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएपछि राजनीतिक संकट थपिएको हो ।

टिप्पणीहरू