नारायणगढमा भीषण आगलागी
नारायणगढ बजारमा गएराति भीषण आगलागी भएको छ । नारायणगढको कमलनगर चोकस्थित तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो केही बेरअघि मात्र नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा छ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट एउटा मोबाइल पसल, एउटा इलेक्ट्रोनिक पसल, एउटा सप्लायर्स, जुत्ता पसल, दुई वटा फेन्सी पसल जलेर नष्ट भएका छन् ।
टिप्पणीहरू