एमाले उम्मेदवारका प्रस्तावक भोलिपल्टै काँग्रेसमा प्रवेश

एमाले उम्मेदवारका प्रस्तावक भोलिपल्टै काँग्रेसमा प्रवेश

गुल्मीको मदाने गाउँपालिकामा एमाले उम्मेदवारको प्रस्तावक बनेका एक जना कार्यकर्ता भोलिपल्टै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति उम्मेदवारी दिएका एमाले उम्मेदवार कृष्ण घिमिरेका प्रस्तावक सुरेन्द्र नेपाली (सेते सार्की) काँग्रेस प्रवेश गरेका हुन् ।

अन्य पार्टीबाट नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने क्रम बढीरहेको बेला एमाले उम्मेदवारका प्रस्तावकहरुले समेत पार्टी छाड्न थालेका छन् । उनी १२ गते मदाने ३ सिर्सेनिका एमाले वडा सदस्यका उम्मेदवार घिमिरेका प्रस्तावक बनेका थिए । उनलाई बुधबार मदानेमा एक कार्यक्रम गरी काँग्रेसले पार्टी प्रवेश गराएको हो ।

लुम्बिनी प्रदेश प्रतिनिधि गुञ्जन भट्टराईले नेपाली काँग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । विगतमा एमालेका झुठा आश्वासन पत्याएर उक्त पार्टीमा रहे पनि अब पत्यार लाग्न छोडको सार्कीले बताए । हरेक चुनावमा एमालेले झुठो आश्वासन बाँडेर मत लुट्ने गरेको सार्कीको आरोप छ ।

‘चुनाव जितिसके छि कहिल्यै पनि जनताको पिरमर्का नबुझ्ने पार्टीलाई समर्थन र मत दिएर गल्ती गरेको,’ उनले सार्वजनिक ठाउँमा भनेका छन् ।

टिप्पणीहरू