दैनिक १८ घण्टा खुल्ला रहने विमानस्थल ७ वटा

दैनिक १८ घण्टा खुल्ला रहने विमानस्थल ७ वटा

आजदेखि मुलुकका सात वटा विमानस्थल दैनिक १८ घण्टा खुल्ला हुने भएका छन् । काठमाडौंसहित झापाको चन्द्रगढी, मोरङको विराटनगर, धनुषाको जनकपुर, बाराको सिमरा, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढी विमानस्थल हुन् ।

यसअघि यी विमानस्थल १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए । हवाई यात्रुहरुको चाप बढ्दै गएकाले चाप कम गर्न विमानस्थलले सेवाअवधि थप गर्नु परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हाल मुलुकमा रहेका ५६ वटा विमानस्थलमध्ये ३६ वटा मात्र सञ्चालनमा छन् ।

टिप्पणीहरू