हवाइजहाज कम्पनीमा कर्मचारी माग
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी करारमा कर्मचारी भर्तीका लागि दरखास्त मागेको छ । आज विज्ञापन निकालेर प्राधिकरणले विभिन्न १९ पदका निम्ति करारमा कर्मचारीको माग हो ।
प्राधिकरणले रिक्त पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी बढीमा एक वर्षका लागि प्राविधिकतर्फ सातौं तहका कर्मचारी भर्ना गर्न लागेको हो । इच्छुकले वैशाख २१ गतेभित्र अनलाइनमार्फत् दरखास्त दिन सक्ने बताइएको छ ।
पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका र अन्य योग्यता पुगेका व्यक्तिले १२ सय परीक्षा शुल्क तिरेर दरखास्त दिन सक्नेछन् । वैशाख २३ गते बिहान प्राधिकरणको प्रधान कार्यालय, बबरमहलमा लिखित परीक्षा लिने जनाइएको छ ।
परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको लिखित परीक्षा वैशाख २६ गते हुनेछ ।
टिप्पणीहरू